झापा , असार ४ । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिने उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १४ जनालाई कार्वाहीको सिफारिस गरेको छ ।

कार्वाहीमा पर्नेहरुमा बिर्तामोड ९ को वडाध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल , ४ को वडाध्यक्षमा उम्मेदवारी दिने हेमकुमार खड्का , कनकाई ९ मा वडाध्यक्षमा बागी उठ्ने धर्म राजवंशी , सोही वडामा सदस्य उठ्ने भूमिप्रसाद राजवंशी , फूलकुमार राजवंशी र उनीहरुका प्रस्तावक र समर्थक रहेका छन् । बिर्तामोड नगरपालिका वडा नं ९ मा वडाध्यक्षका बागी उम्मेद्वार जयराम ढकाल, प्रस्तावक भिमराज प्रसाई र समर्थक भरत न्यौपाने, विर्तामोड–४ का वडाध्यक्षका बागी उम्मेद्वार हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाई र समर्थक उत्तम खनाल, कनकाई नगरपालिका वडा नं ९ मा वडाध्यक्षका बागी उम्मेद्वार धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सदस्यका बागी उम्मेद्वार हरु भुमिप्रसाद पराजुली प्रस्तावक लैनवहादुर थापा, वडा सदस्य फुलकुमारी राजवंशी, प्रस्तावक ः कमलबहादुर थापा र समर्थक नरेन्द्रवहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०६९ वैशाख १६ र १९ को नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति २०७९÷१÷२४ गते नै बागी उम्मेद्वार र प्रस्तावक ÷ समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्