झापा , असार ६ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित श्री महादेव बृजेश्वरनाथ शिवालय मन्दिरको नयाँ कार्यसमिति चयन भएको छ ।

मन्दिरको १२ औं वार्षिक साधारणसभाले कुन्जी बिहारी ताजपुरियाको अध्यक्षतामा समिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा सूर्यनारायण राजवंशी , सचिव जगतबहादुर ताजपुरिया र कोषाध्यक्षमा पुष्पाकुमारी राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रेमप्रसाद राजवंशी ,चन्द्रप्रसाद राजवंशी , मिनेन्द्रप्रसाद राजवंशी , सूर्यनारायण राजवंशी र इन्द्रलाल राजवंशी रहेका छन् ।

मन्दिर समितिका अध्यक्ष श्रीप्रसाद राजवंशीको अध्यक्षतामा भएको साधारणसभाले विधान संशोधन गर्ने , संझौताबिना मन्दिरको जग्गामा भइरहेको निर्माण कार्य रोक्नेलगायतका निर्णय गरेको दाता परिवारका कृष्णप्रसाद राजवंशीले बताए । सो ऐतिहासिक मन्दिर वि.स. १९९७ मा डम्बरलाल राजवंशीले निर्माण गरिदिएका थिए ।