झापा, असार ७ । झापाको भद्रपुर नगरपालिकामा साइकल चोरी गर्ने दुईजना ४ थान साइकलसहित पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिकाको विभिन्न स्थानमा पार्किङ गरिराखेको साइकलहरु चोरी भइरहेको भन्ने सूचनाको आधारमा चोरी गर्ने ब्यक्तिहरुको सुक्ष्म रुपले निगरानी तथा पहिचान गर्दै जाँदा असार ३ गते भद्रपुर नगरपालिका वडा नं.९ देवकोटा चोक बस्ने ३९ वर्षिय उदय दाहाल साइकल चोरी गरिरहेको अवस्थामा फेला परेका थिए ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा २ थान गियरवाला साइकल, १ थान लेडीज गरी ३ थान साइकलहरु चोरी गरी बिभिन्न स्थानमा लुकाई राखेको भनी खुलाएपछि असार ६ गते भद्रपुर ८ बस्ने १९ वर्षिय पेन्टा भन्ने लालदेव महतोले सोही ठाउँ बस्ने सोमराज थापाको गियरवाला साइकल चोरी गरी बिक्री गर्ने उद्धेश्यले भारततर्फ लैजादै गर्दा नेपाल भारत सिमाना मेची पुलमा फेला पारी पक्राउ गरिएको थियो । नियन्त्रणमा लिएको २ जना र ४ थान साइकल जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्