कुमरखोद असार १० । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

झापा गाउँपालिकाको सभाहलमा शुरु भएको बाह्रौ गाउँसभामा उपाध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०७९–८० को वजेट प्रस्तुत गरेकी थिईन् ।
झापा गाउँपालिकाको चालु आर्थिक वर्षमा २०७८–७९ मा ४५ करोड ७४ लाख ५ हजार ५ सयको बजेट रहेको थियो । आगामी आर्थिक वर्षका लागि ५ करोड ७ लाख ४८ हजार वजेट बढी ल्याएको हो ।
आयतर्फ
संघीय राजश्व वाँडफाँड प्राप्त हुने ९ करोड ९८ लाख ६ हजार , संघीय सशर्त अनुदान २० करोड ९७ लाख , संघीय समानीकरण अनुदान १२ करोड ४९ लाख , संघीय समपुरक अनुदान १ करोड ६० लाख , संघीय विशेष अनुदान १ करोड , प्रदेश समानीकरण अनुदान ७३ लाख ४६ हजार , प्रदेश राजश्व बाँडफाँड ४२ लाख २४ हजार ५ सय , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपुरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ६० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
व्ययतर्फ
प्रस्तुत वजेटमा पूर्वाधार विकास कार्यक्रमतर्फ ११ करोड ६७ लाख ८९ हजार ५ सय , आर्थिक विकासतर्फ २ करोड ०६ लाख , वन वातावरण विपद तथा सरसफाईतर्फ ६ लाख , संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ १४ लाख , सामाजिक विकासतर्फ ४ करोड २० लाख ४१ हजार , संघीय सशर्त अनुदान २० करोड ९७ लाख , संघीय विशेष अनुदान १ करोड , सघीय समपूरक अनुदान १ करोड ६० लाख , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपूरक अनुदान १ करोड र चालु खर्चतर्फ ८ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा , लेखा अधिकृत लक्ष्मी खतिवडा , प्रशासकीय अधिकृत हिमाल मिश्र , सातैवटा वडाका वडा अध्यक्षहरु , परिषद सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।