बिर्तामोड , असार १२ । राजवंशी समाज विकास समिति बिर्तामोड ५ को अध्यक्षमा रुपा राजवंशी पुनः निर्वाचित भएकी छन् ।

वडा समितिको शनिबार सम्पन्न दोस्रो अधिवेशनले रुपाको अध्यक्षतामा नयाँ कार्यसमति सर्वसम्मत चयन गरेको हो । गठित समितिमा सबै महिलाहरु मात्र रहेका छन् । समितिको उपाध्यक्षमा भाग्यवती,सचिव मेनुका ,सहसचिव बिमला,कोषाध्यक्ष अन्जु तथा सदस्यहरुमा प्रतिमा, पम्फा ,रूबी र बिनु राजवंशी रहेका छन् ।

त्यस्तै सल्लाहकार समिति समेत गठन भएको छ । सुरेन राजवंशी संयोजक रहेको सल्लाहकार समितिको सदस्यहरुमा इन्द्रसिंह राजवंशी, सुमन राजवंशी, अर्जुन राजवंशी र हेमनारायण राजवंशी रहेका छन् । राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशीको प्रमुख आतिथ्य तथा वडा समिति अध्यक्ष रुपाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरकार्यपालिका सदस्य शर्मिला राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, सचिव इन्द्रसिंह राजवंशी, कान्तिपुर दैनिक पत्रकार अर्जुन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राजवंशी समाज विकास समितिका नगर उपाध्यक्ष सुमन राजवंशी, सचिव बालकृष्ण राजवंशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मेनुका राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्