झापा, असार १४ । पछिल्लो समय प्रेम र प्रेमपिडामा थुप्रै गीत बन्न थालेका छन्।

यस्तैमा प्रेमपिडा समेटेर गायक उत्तम मगरले गीत ‘तिमीलाई माया’ ल्याएका छन् । देवेन्द्र पुनको शब्द, संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन छ । गीतको भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ र रजनी राईको अभिनय देख्न सकिन्छ । युवा अवस्थाको प्रेम र आकर्षण भिडियोमा कथा बनाइएको छ । दक्षिण कोरियाको विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो मौसमी गुरुङले निर्देशन गरेकी हुन् । भिडियोका सम्पादन विजेश पौडेलले गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्