झापा, असार १५ । मोरङको बिराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका बिराटनगर-६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका महतोको बयानको आधारमा लागूऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई बिराटनगर-११ बस्ने २५ बर्षीय सुमनकुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिईएको हो । यसरी ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्