एजेन्सी ।भारत महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले सपथ लिएका छन् ।

अटो चलाउने शिन्देले १८ वर्षको उमेरमै शिवसेनाबाट आफ्नो राजनीतिक जीवन शुरू गरेका थिए । पार्टीमा करिब डेढ दशकसम्म काम गरेपछि सन् १९९७ मा आनन्द दिघेले शिन्देलाई ठाणे नगर निगमको चुनावमा पार्षदको टिकट दिएका थिए । पहिलो प्रयासमै शिन्देले नगर निगमको सो चुनाव मात्र जितेनन्, उनीे ठाणे नगर निगमको हाउस लिडर पनि नियुक्त भए ।त्यसपछि सन् २००४ मा उनले ठाणे विधानसभा निर्वाचनमा भाग लिए र पहिलो कोशिशमै सफलता हात पारे । त्यसपछि २००९ देखि उनी लगातार कोपरी–पचपाखड़ी विधानसभा क्षेत्रको विधायक चुनिएका छन् ।उनी २०१५ देखि २०१९ सम्म राज्यको लोक निर्माण मन्त्री रहेका थिए । हालै राज्यको शहरी विकास मन्त्रीसंगै ठाणे जिल्लाको प्रभारी मन्त्री पनि रहेका छन् ।

शिन्देसंगै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको सपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताएका थिए । तर अन्तिममा उनले राजभवनमा पुगेर सपथ लिएका हुन् ।

यसैबीच फडणवीसले आफ्नो ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताको नाताले पार्टीको आदेश पालना गरेको लेखेका छन् । महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्