झापा, असार १७ । धनकुटा र मोरङमा प्रतिबन्धित लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका-१ स्थित हिले मा.बि अगाडी चेकजाँचको क्रममा लागूऔषध ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध ब्राउनसुगर १७० मिलिग्राम बरामद गरेको थियो । पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो सवाँ १२ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका-४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल, डाईजोपाम १२ एम्पुल, एभिल १२ एम्पुलसहित पक्राउ गरिएको हो । यसैगरी हिजै दिउँसो २ बजे १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको सुन्दरहरैचा नगरपालिका-१२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका-१२ कै १९ बर्षीय निशान गुरुङलाई NITRAVET–10 – ३० ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका चारैजनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्