झापा , असार १७ । खोटाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

कपिलासगढी गाउँपालिका-४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् । निज युवकले बालिकालाई मंगलबार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । साथै बिहीबार बिहान उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । दोषी ठहर भए बाल सुधारमा पठाइने लम्सालले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्