झापा , असार १९ । चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ ।

निमेष प्रधान निर्देशित चलचित्रमा प्रेम विछोड र कमेडीकोे सम्मिश्रण देखाइएको छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रलाई शिव ढकाल द्वारा खिचिएको हो भने सम्पादन तारा थापा ‘किम्भे’ द्वारा गरीएको छ । चलचित्रको गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै सङ्गीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सुनील थापा, छुल्ठिम गुरुङ शिशिर राणालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र असार ३१ गतेदेखि प्रदर्शनमा हुँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्