झापा , असार १९ । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको , भिटामिन डी थ्री इप्स बायोडी नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ ।

नवजात शिशुमा प्रयोग हुने सो औषधीमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधी भारतीय औषधी कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ । सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्