बिर्तामोड , असार १९ ।बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेशिन वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै १० जना शारीरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरिएको हो । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गरिन् । सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी,दिपिका निरौला, सुष्मा अधिकारी,रञ्जु खतिवडा, यमुना गुरागाई,गायत्री उप्रेती, टुटुली राजवंशी, अंकिता अधिकारी, शोभा बुढाथोकी र गीता मगर रहेका छन् ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाले स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरेको बताइन् । उनले आगामी दिनमा आफ्नो सीपलाई प्रयोग गरी आत्मनिर्भर बन्न मेशिन प्राप्त गर्ने सबैलाई आग्रह गरिन् ।

मेशिन वितरण कार्यक्रममा नगरप्रमुख प्रसाई,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,अधिकृत मेघराज बाँस्तोलालगायतको उपस्थिति रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले गत चैत्र २९ गतेदेखि १ महिनासम्म प्याड तथा पेन्टी निर्माणको तालिम प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्