झापा, असार २० । रुपन्देहीमा पेस्तोलसहीत ३ भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति ईलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देही कार्यालयबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई हतियारसहीत पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेर पछ्याउँदै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट मोटरसाइकल चालक भारतको सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, पछाडि सवार ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई पक्राउ गरेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ । प्रहरीले पछ्याएको थाहा पाएपछि उनीहरु सवार मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिँदा बसपार्कमा दुर्घटना भएको थियो । दुर्घटनामा तीनै जना घाइते भएका छन्। उनीहरुको उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप कनेक्सनबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्