झापा , असार २१ । धनुषामा आलुको बोरामा झन्डै एक करोड नेपाली रुपैयाँ लुकाएर ल्याउने दुईजना पक्राउ परेका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई आलुको बोराभित्र राखेर ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल न. ८ गणले जनाएको छ ।
मंंगलबार दिउँसो जनकनन्दनी १ ईनर्वा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोरामा ल्याउदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा लिएर आइरहेकोमा शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुबैजनालाई नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्