अर्जुनधारा, असार २२ । झापाको अर्जुनधारा–४ दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ ।

सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो ।खेतमा मृत अबस्थामा हात्ती फेला परेको खबर पाउनासाथ वन कार्यालयसहितको प्रहरी टोली घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । हात्तीको शरीरमा चोट नदेखिएको बताउँदै उनले फुडपोइजनले मरेको हुनसक्ने आशंका गरिएको जानकारी दिए ।

यसअघि गत शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको थियो । श्रृंखलाबद्ध रुपमा हात्ती मारिने क्रम बढेको छ । २०६२ देखि हालसम्म झापामा १५ वटा हात्ती मारिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्