झापा , असार २३ । सशस्त्र प्रहरीले लाखौं मूल्यको अवैध सामान बरामद गरेको छ ।

बुधबार बिहान बिर्तामोड १ स्थित पश्चिम बस स्टेण्डमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको मोबाईल गस्ती टोलीले बिभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा अवैध लत्ताकपडा बरामद गरेको हो ।
२९ लाख ९३ हजार १ सय रुपैयाँ बराबरको बेवारिसे अवस्थामा रहेका १८ पोका लत्ताकपडा बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।