झापा , असार २५ । झापाको धुलाबारी बजारमा सुनको सिक्री लुट्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका- ९ निवासी २० वर्षीय नीरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार मेचीनगर- १० स्थित धुलाबारी बजारमा मेचीनगर- ९ की ५० वर्षीया गीता अधिकारी शुक्रबार बेलुका साढे ६ बजे किनमेलका बजार गएकी थिइन् ।
सोही बेला गीताले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री लुटेर भाग्न खोज्दा स्थानीयको सहयोगमा रायलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।