झापा, असार २७ । मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतबार राति १० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८ नम्बरको मोटरसाईकलले बिपरित दिशातर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार बिराटनगर-१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राति नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्