झापा, असार २८ । झापामा पिकअप गाडीको ठक्करबाट अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका– ७ निवासी ४१ वर्षीय अटो चालक भानु खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार हिजो दिउँसो २.३० बजे मेची राजमार्गअन्तरगत बुद्धशान्ति– ४ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परी अटोमा सवार चालक खड्का, सोही गाउँपालिका– ७ निवासी १८ वर्षीया बिना सेन्चुरी र वडा नम्बर ४ निवासी ३२ वर्षीया इन्दिरा राई घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा चालक खड्काको मृत्यु भएको डिएसपी पाठकले बताए । प्रहरीले पिकअप गाडी र चालक इलाम सूर्योदय नगरपालिका १० निवासी ५१ वर्षीय दिलिपकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्