झापा , असार २८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेची पुलबाट फेरि दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४ बजे मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० बस्ने ३१ वर्षिय प्रदिप आले मगर र वडा नं.८ बस्ने २० वर्षिय प्रशन्न राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवैलाई नियन्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि आइतबार मेची पुलबाट ६ ग्राम ब्राउनसुगरसहित भारत मिरिकका २७ वर्षीय अनुप प्रधान पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्