झापा , असार २८ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोकका पपुलाल उराउका ५ बर्षीय छोरा आकाश उराउ २६ गते बेलुकादेखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए । यसैगरी ईनरुवा नगरपालिका-२ का ६५ बर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् । दुबै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।