एजेन्सी । श्रीलंकामा राष्ट्रपति गोटाबाया राजपक्षेले देश छोडेपनि स्थिति तनावपूर्ण रहेको छ ।

हिजो प्रदर्शनकारीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालय कब्जा गरेका छन् । सुरक्षाबलले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।तर, प्रदर्शनकारीहरु पछि हटेनन् ।

श्रीलंकाका राष्ट्रपति राजपक्षेले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनले बुधवारसम्म राजीनामा दिने घोषणा गरेका थिए । तर, त्यसको एकदिन अगावै उनी देश छोडेर माल्दिभ्स् भागेका छन् । गोटाबाया राजपक्षेको अनुपस्थितिमा हिजो प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमसिंघेले सेना र प्रहरीलाई श्रीलंकाको स्थिति सम्हाल्न निर्देशन दिएका छन् । गएराति टेलिभिजनमा संबोधन गर्दै उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छोड्न अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्