झापा, असार ३० । उदयपुरमा बुधवार भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट मैयाखुतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि धरानको बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका-१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्