झापा , असार ३० । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कोभिड-१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ । कार्यालयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको थियो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो भएकाले र राजश्व पनि आउने भएकाले बिक्री गरेको बताए । उनले भने, ‘डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो हो, राजश्व पनि आयो ।’ कार्यालयका अनुसार करिब २ करोड लागतमा उक्त प्रश्नपत्र छापिएको थियो । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्