एजेन्सी ।भारतमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

जसको लागि संसद र विभिन्न राज्यका विधानसभामा मतदान हुँदैछ । चुनावमा सत्ताधारी राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीएका तर्फबाट झारखन्डकी पूर्व गभर्नर द्रौपदी मुर्मू उम्मेदवार बनेकी छन् । विपक्षीले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ । राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सामान्यताः सत्ताधारी दलको पल्ला भारी रहँदै आएको छ । यसपटकको निर्वाचनमा पनि केही विपक्षी राजनीतिक दलहरुले समेत द्रौपदी मुर्मूलाई समर्थन गर्ने घोषणा गरेका छन् । जसका कारण मुर्मूले सजिलै जीतका लागि दुईतिहाई मत हासिल गर्नेछिन् ।

भारतको १५ औं राष्ट्रपति निर्वाचनको मतपरिणामको घोषणा बिहीबार हुने जनाइएको छ । द्रौपदी मुर्मू यदि राष्ट्रपति बनिन् भने उनीे भारतको पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । साथै भारतको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्