झापा , साउन २ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् ।

नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन । सन् २०२० सिजन सावित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यस अघि सावित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्