झापा , साउन २ । मोरङको बिराटनगर महानगरपालिका-१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर-८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राति सुनका विभिन्न गर-गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका कामतको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।