झापा, साउन ३ । सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक ईनरुवा नगरपालिका-३ का २७ बर्षीय श्यामसुन्दर यादवलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्