झापा , साउन ३ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतबाट विभिन्न मिति र समयमा विभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको RIT समुहको प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बहु-विवाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र रु.२०,०००/- जरीवाना भई फरार रहदै आएका जहँदा गाउँपालिका-७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष २ महिना ३ दिन कैद र रु.१२,०००/- जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका – १२ शुक्रबारेका २२ बर्षीय गणेशकुमार राम मोची रहेका छन् । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागि कारागार चलान भएका छन् ।