झापा, साउन ३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउन १५ गते सुरु हुने बताएका छन् ।

साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकमा मुख्यमन्त्री राईले नामकरणका वेला हुन सक्ने सुरक्षा चुनौतीबारे सजग रहन आग्रह गरे । प्रदेश नामकरणका लागि प्रदेशसभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकमा खाका आउनसक्ने बताए । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला । ’ मुख्यमन्त्री राईले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले सहजीकरण मात्रै गर्ने बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्