भद्रपुर, साउन ३ । सदरमुकाम भद्रपुर १० स्थित विपी चोकमा संभावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले निर्मित ट्राफिक विटको मंगलवार उद्घाटन गरिएको छ ।

स्थानीय समाजसेवी गोविन्द लम्सालको अगुवाईमा प्रदेश सरकारको ५ लाख १९ हजार ८ सय १७ रुपैयाँको लागतमा सिद्धार्थ चोकमा चौतारोसहित विट निर्माण गरिएको थियो । जसको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
स्थानीय समाज भद्रपुर १० को आयोजनामा असार १० गते शुरु गरेर २५ गते विटको निर्माण सम्पन्न गरिएको थियो । सो अवसरमा विट निर्माणका लागि आर्थिक सहयोग जुटाउन सहयोग गर्ने सुमन दाहाललाई सम्मान गरिएको थियो । समाजसेवी लम्सालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल,सम्मानित व्यक्तित्व दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने , भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, बरिष्ठ अधिवक्ता लेखनाथ निरौला , हरिकिशोर आचार्यलगायतले मन्तव्य राखेका थिए ।
भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राजन न्यौपाने र स्वागत मन्तव्य दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमालले गरेका थिए ।