झापा , साउन ५ । झापाको काँकरभिट्टा र मोरङको बिराटनगर-१५ बाट प्रहरीले अबैध भन्सार छलीका समान बरामद गरेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट अवैधरुपमा नेपालबाट भारततर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ रानी बसपार्कबाट अवैधरुपमा भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेको अन्दाजि ६२ हजार मुल्य बरावरको रेडिमेड कपडा बरामद गरी आवश्यक कानुनी कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्