झापा , साउन ६ । मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

बिहिबार दिउँसो सुनसरीको कोशी गाउपालिका-५ कुमियाहीमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय नजारुल हकको ९ बर्षीय छोरा नफाजल हक पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए भने यसैगरी मोरङको जहदा गाउपालिका-७ का अशोक मण्डलको ११ बर्षीय छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाईएको र घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्