झापा, साउन ६ । निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ ।

पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ । आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले जानकारी दिए । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ । ज्ञान, विज्ञान र विचारको उच्चतम प्रयोग गरेर विकास गर्दै मानव सभ्यतालाई सर्वोत्कृष्ट बनाउने पार्टीको उद्धेश्य रहेको महासचिव हमालले जानकारी दिए । पार्टीको कार्यालय काठमाडौंको केएल टावरको पाँचौ तलामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्