झापा, साउन ८ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेकी माओवादी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईले झापाको निर्वाचनको छानविन गर्न माग गरेकी छन् ।

उनले सार्वजनिक रुपमै आफूमाथि यस्तो जघन्य अपराधको आरोप लागिसकेपछि अब पार्टीले समिति बनाएर झापाको निर्वाचनको छानविन गर्नुपर्ने माग गरेकी हुन् । उनले भनेकी छन् ‘स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटदेखि नतिजा आउन्जेलका सबै छानविन गरिनु पर्छ ।’ प्रदेश १ नेकपा (माओवादी केन्द्र)को बैठकमा माओवादीका झापा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य (अग्नि)ले स्थानीय तह निर्वाचन हार्नुमा अन्तर्घात मुख्य कारण भएको बताएका थिए । उनले भद्रपुरमा भएको अन्तर्घातले उपमेयरका उम्मेदवार शिव राजभण्डारी हारेको बताएका थिए ।

यस्तै ३४ प्रदेश सदस्य भएको झापामा प्रायः सबै वडा हारेको भन्दै उनले पार्टीका पोलिटब्युरो सदस्य धर्मशीला चापागाई नै उम्मेदवार हराउन लागेको आरोप लगाए । सो समाचार प्रतिदिन दैनिकमा प्रकाशित भएपछि आपत्ति जनाउँदै धर्मशीलाले नभएको आरोप लगाउँदै अग्निले आफूलाई बदनाम गराउन खोजेको प्रतिक्रिया दिइन् । झापामा यो पाली आफ्नोे कुनै जिम्मेवारी नरहेको उनको भनाई छ ।

‘अग्निलाई जिल्लाको मुख्य जिम्मेवारी दिन हुँदैन । ध्रुविकरण अभियान र के के भन्दै हिडेको मान्छे । बरु अरु कसैलाई संयोजक बनाउनु पर्छ भन्ने थियो ।पछि राम कार्की दाईले उसैलाई बनाउने निर्णय गरे । त्यो कुराको प्रतिवाद गरेकी थिएँ । अहिले अग्नि मेरो पुरै खैरो खन्दै हिडेको छ ’उनले भनेकी छन्‘ म यही झापामै हुँदा समेत पार्टीको बैठकको जानकारी हँुदैन थियो ।गठबन्धनका नेताहरुले खोज्नु भएछ । निर्णय गर्न साह्रो पर्दा मलाई बैठमा बोलाउनु पर्छ भन्दा समेत अग्निले धर्मशिलाको जिम्मा काठमाडौतिरै छ उहाँ यहाँ हुनुहन्न भन्दोरहेछ । मैले एकीकृत समाजवादीका नेताहरुले गठबन्धनमा कुरा मिलेन के गर्ने होला भन्दा समेत मोहन टुडु र सन्देशजीलाई समाजवादीका साथीहरुको कुरा यस्तो छ । भरसक सबैलाई समेटेर लैजानुहोला भनेकी हुँ पछि त्यसो हुन सकेन । अग्निले बेदराज रेग्मीहरुको पार्टीको झापामा मत ५००० त हो नि भनेछन् ।त्यसपछि समाजवादीका साथीहरु बाहिरिएछन् ।’

आफूले झापामा पार्टीको पराजयका कारणहरु धनकुटाको बैठकमा साउन ३ गते राखिसकेको उनले बताइन् ।

१ प्रतिक्रिया

  1. गुटवन्दीमा लाग्नु र निषेधको राजनीति को परिणाम हो चुनाव | आरोप प्रत्यारोप वन्ध गरौ । पार्टी निर्माणमा लागौ दिदि । साझा नेतृत्व वनौ गुटवन्दी छाडौ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्