झापा, साउन ८ । संखुवासभा र मोरङमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा ११ बजे संखुवासभाको खाँदबारी नगरपालिका-९ मा बा.२० च ९५०२ नम्वरको स्करपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टकी ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा मे.१ ख ३२३० नम्बरको बसले को.३७ प १४३५ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक इटहरी उप-महानगरपालिका-२० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्‍याउनासाथ मृत्यु भएको हो । ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्