झापा, साउन ८ । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागूऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा-५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका-२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्