झापा , साउन ९ । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ६०० मिलि ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्