झापा , साउन ९ । मोरङको उर्लाबारी नगरपालिका-२ झण्डी चौकबाट प्रतिबन्धित औषधीसहित एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २० बर्षीय विवेक धिमाल रहेका छन् । हिजो बेलुका ७ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधी Tramadol ६० capsule र Spaspain ६० Tablet सहित पक्राउ गरिएको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्