बिर्तामोड , साउन ९ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयरवापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकको कार्यक्षेत्र प्रदेश नं. १ का सबै जिल्लाहरुमा विस्तार गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ शाखा कार्यालयमार्फत ग्राहकहरुसमक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश नं. १ भरि आफ्नो कारोवार सञ्चालन गर्ने उद्धेश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पुरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु बिस्तार गर्ने लक्ष्य रहेको छ ।
सञ्चालक समितिका अध्यक्ष गोयलले उद्घाटन गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले गरेका थिए भने सभाका सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिका वारेमा प्रकाश पारेका थिए । संस्थापक शेयरधनीहरु डा. रुपक खनाल र सुरेशकुमार अग्रवालका साथै बैंकका पूर्व अध्यक्ष हेमराज ढकालले बैंकको उन्नति र प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्