एजेन्सी । बंग्लादेशमा मंगलवार आठ विकासशील देशका कारोबारी र अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

बैठकमा खाली हुँदै गएको विदेशी मुद्रा भण्डार, बढ्दो ऊर्जा संकट र आपूर्ति प्रक्रियाका कारण थप सहयोगको आवश्यकता रहेको जनाइएको छ ।

बंग्लादेशको न्यूज वेबसाइट डेली स्टारको रिपोर्ट अनुसार त्यहाँको सरकारले अन्तर्राष्ट्रीय मुद्रा कोष (आईएमएफ)संग ४.५ अर्ब डलरको ऋण माग गरेको छ । जसबाट खाली हुँदै गएको विदेशी मुद्रा भण्डारलाई स्थिर राख्न सकियोस् ।
इजिप्ट, ईरान, मलेसिया, नाइजेरिया, पाकिस्तान, टर्की र बंग्लादेशका प्रतिनिधिहरुले मंगलवार वैकल्पिक वित्तीय कारोबारका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्