झापा , साउन ११ । झापाको बुद्धशान्ति गाउँपालिका-६मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोका १२ बर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको हो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्