झापा , साउन ११ । मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लत्ताकपडा र खाद्यान्न प्रहरीले बरामद गरेको छ ।

हिजो बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपालतर्फ आउँदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेन करिव ५ लाख १३ हजार ७ सय मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा र खाद्यान्नसहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थित रानी बसपार्कबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाद्यान्न र विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्