झापा , साउन ११ । अपर सोलु हाइड्रोपावरको ड्यामसाईटमा एक महिलाका शव फेला परेको छ ।

सोलु दुधकुण्ड नगरपालिका-७ को साल्मेको ड्यामसाईटमा सडेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए। हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको छ । करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका-४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमति शषिकला राईको हुन सक्ने डिएसपी शाहले बताए । तर यकिन भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्