झापा, साउन ११ । झापामा टिपरको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ।

मृतक पाँचथर तुम्बेवा गाउँपालिका ५ बस्ने अन्दाजी १६ वर्षिय संजिप इम्सुङ लिम्बू भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए।।

प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका–५ बस्ने ३१ वर्षीय सुजन वाइबालाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्