झापा, साउन १२ । सुनसरीमा बुधवार भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको BR 11 PB  8012 नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका-६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्