झापा , साउन १३ । भारतबाट नेपालतर्फ प्रतिबन्धित लागूऔषध ब्राउनसुगर भित्र्याउँदै गर्दा दुई दाजुभाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत East Sikkim Sikkim 737134 बस्ने ३० वर्षिय मेगविर लिम्बू र उनका भाइ २३ वर्षिय बुद्धविर लिम्बू रहेका छन् ।
हिजो दिउँसो ४.३० बजे मेचीनगर नगरपालिका वडा नं.६ काँकरभिट्टास्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा ७ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



