झापा , साउन १३ । झापाका विभिन्न स्थानमा गए रातिदेखि भारी वर्षा भएको छ।

जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवा खोला लगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कणर्ाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्