एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी शिल्ड जितेको छ ।

किंग्स पावर मैदानमा लिभरपुलले ३–१ गोलसँगै जित निकालेको हो । लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे ।

सिटीका जुलियन अल्भारेजले एक गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन् ।
सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्